Making a difference in communities through outreach and support
मधेशबादका प्रेणेता स्व. गजेन्द्र नारायण सिंहको १९ औं पुण्यतिथिको अवसरमा गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रको स्थापना गरिएको छ । मेची देखि महाकाली सम्म को सम्पुर्ण उत्पीडन बिरुद्ध मधेशीको अधिकारको लडाईको सुरुवात गर्दै मधेशी, जनजाती, मुस्लिम, दलित उपर हुने बिभेद सहितका मधेशीको अधिकारको लडाईलाई मेची देखी महाकाली सम्म स्वभिमान यात्राको सुरुवात गरी मधेशीलाई आफनौ अधिकारका लागी लडन प्रेरित गर्ने स्व. सिंहको स्मृतिमा केन्द्रको स्थापना गरिएको हो ।
नेपाली राजनीतिमा बिभेदमा परेका समुदायहरुको अधिकार र पहिचानको नेतृत्व गरिरहेको राजनीतिकर्मी तथा आर्थिक, सामाजिक एवं साँस्कृतिक क्षेत्रमा सामाजिक रुपान्तरणको लागि अध्ययन केन्द्र सहयोगि सावित हुने जनाईएको छ । स्व. गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रले नयाँ पुस्ता लाइ अध्ययन, अनुसन्धान र सैधान्तिक बहसको थलो निर्माणमा विशेष जोड दिईने छ ।
गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रले उहाको स्मृतिमा प्रत्येक वर्ष काठमाडौँ लगाइट विभिन जिल्ला मा विभिन अन्त्रकिर्या कार्यकर्म गर्ने गर्छ, दिवसमा सप्तरी सहित देशको १७ वटा जिल्लामा “अधिकार पहिचानको संघर्ष र गजेन्द्र नरायण सिंह विषयक अन्तरक्रिया कार्यक्रम” गर्दैछ । नेपालमा रहेका दुई तिहाई आदिवासी, जनजाती, मधेशी र दलितको आर्थिक र सामाजिक हक अधिकारको लागि आजिबन संघर्ष गर्नुभएका पहिचानबादी नेता स्व.गजेन्द्र नारायण सिंहको नाम अध्ययन केन्द्र स्थापना स्थापना गरिएको हो ।
समुदायहरूलाई बढ्न र समृद्ध बनाउन मद्दत गर्दै।
सबै उमेर समूहका लागि सिक्ने अवसरहरू प्रदान गर्दै।
आवश्यक सेवाहरूमा आवश्यक परेकाहरूलाई सहयोग गर्दै।
Email: gnsinghstudycenter@gmail.com | Phone: 984-1517566